शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठखेलकुदमालिकादेवी कप :उपाधिका लागि पीपलडाँडा र सुनौलो बिहानी भिड्ने

मालिकादेवी कप :उपाधिका लागि पीपलडाँडा र सुनौलो बिहानी भिड्ने


मेलचौर । चौतारा साँगाचोकगढी नगरपालिका ७ मा जारी मालिकादेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधिका लागि नगरपालिकाको वडा नं. ६ पीपलडाँडा र सुनौलो बिहानी अभियान भीडन्त हुने भएको छ ।
आज भएकोसेमिफाइनल खेल सकिएसँगै फाइनल पुग्ने टोली टुगिंएको हो ।
मेलचौर युवा जागरण समाजको आयोजनामा सञ्चालन भइरहेको प्रथम मालिकादेवी कप, सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो सेमिफाएनलमा सुनौलो बिहानीले लिःल फङ घले समाजलाई हराउँदै उपाधि नजिक पुगेको हो । सुनौलो बिहानीले घले समाजलाई १–० अन्तरले हरायो । खेलमा मुस्कान श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो । उनी नै म्याच अफ दी म्याच चुनिए ।
त्यस्तै दोस्रो सेमिफाइनलमा चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाले काभ्रे जुनियरलाई पाखा लगाउँदै उपाधि होडमा पुगेको छ । पीपलडाँडाले काभ्रे जुनियरलाई २–० ले पाखा लगायो र। जितका लागि दुवै गोल सञ्जय विष्टले गरे । खेलको म्यान अफ दी म्याच उनै विष्ट चुनिए ।
मेलचौर युवा जागरण समाजको आयोजनामा भएको सेभेन ए साइड फुटवल प्रतियोगितामा प्रथम हुनेले ६० हजार नगद पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार र २० हजार नगद प्रदान गरिनेछ । विजयीहरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रद्यान गरिने आयोजकले जनाएको छ ।


क्याटेगोरी : खेलकुद, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!