आईतबार, असोज ३१, २०७८
गृहपृष्ठखेलकुदमालिकादेवी कप :आज सेमिफाइनल समीकरण पूरा हुने

मालिकादेवी कप :आज सेमिफाइनल समीकरण पूरा हुने


मेलचाैर । चाैतारा साँगाचाेकगढी नगरपालिका ७ मा जारी मालिकादेवी सेभेन ए साईड फुटबल प्रतियाेगिता अन्तरगत आज सेमिफाईनल समीकरण पूरा हुने भएकाे छ ।
क्वाटरफाईनलका सबै नजिता आएसँगै सेमिफाइनल पुग्ने टाेलीकाे टुंगाे लाग्ने भएकाे हाे ।
मेलचौर युवा जागरण समाजको आयोजनामा सञ्चालन भइरहेको प्रथम मालिकादेवी कप, 7A साइड फुटबल प्रतियोगिताकाे आज क्वाटरफाइनल खेल भईरहेकाे छ । क्वाटर फाइनलको पहिलो खेलमा काभ्रे जुनियर बोइज विजयी भएको छ । काभ्रे जुनियर बोइज र मेलचौर युवा जागरण समाज B बिच निर्धारित समयमा १-१ को बराबरी भएको थियो । खेल ट्राइबेकरबाट पनि नतिजा आउन सकेन ट्राइबेकरमा ३-३ को बराबरी हुदा सडेन डेथमा १-० ले काभ्रे जुनियर बोइज विजयी भएको छ । म्यान अफ दि म्याच काभ्रे जुनियर बोइजका गोल किपर सन्दिप लामा घोषित भए । याे सँगै काभ्रे जुनियर सेमिफाइनलमा प्रवेश गर्ने पहिलाे टाेली भएकाे छ ।
आजकाे दाेस्राे खेल मेलचौर युवा जागरण समाज A र सुनौलो बिहानी अभियान हुनेछ ।
त्यस्तै चौतारा साँगाचोकगढी ६ पिपलडाँडा र साँगाचोक युथ क्लव दिउसो २:३० बजे सेमिफाईनल यात्राका लागि भिड्नेछन् ।
क्वाटरफाईनलकाे अन्तिम खेल लिल फङ घले समाज र जल्किने युथ क्लव दिउसो ४ बजे हुनेछ ।

 


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!