आईतबार, असोज ३१, २०७८
गृहपृष्ठखेलकुदप्रथम मालिकादेवी कप :मेलचौर जागरण विजयी

प्रथम मालिकादेवी कप :मेलचौर जागरण विजयी


मेलचौर । चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरमा जारी प्रथम मालिकादेवी कप फुटवल प्रतियोगितामा मेलचौर जागरण क्लब (ए) विजयी भएको छ । आज भएको खेलमा चौतारा साँगाचोकगढी नगरपालिका–४लाई हराउँदै जागरणले विजय हासिल गरेको हो ।
खेलमा जागरण २–१ ले जितेको हो ।खेलका म्यान अफ दी म्याच मेलचौरका गोररक्षक सुजन दुलाल घोषित भए ।
मेलचौर युवा जागरण समाजको आयोजनामा भएको सेभेन ए साइड फुटवल प्रतियोगितामा प्रथम हुनेले ६० हजार नगद पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार र २० हजार नगद प्रदान गरिनेछ । विजयीहरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रद्यान गरिने आयोजकले जनाएको छ ।


क्याटेगोरी : खेलकुद, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!