आईतबार, असोज ३१, २०७८
गृहपृष्ठखेलकुदप्रथम मालिकादेवी कप :पीपलडाँडाको विजयी सुरुआत

प्रथम मालिकादेवी कप :पीपलडाँडाको विजयी सुरुआत


मेलचौर । चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरमा जारी प्रथम मालिकादेवी कप फुटवल प्रतियोगितामा वडा नंं. ६ पीपलडाँडाले विजयी सुरुआत गरेको छ । आज भएको तेस्रो खेलमा इर्खु स्पोर्टस क्लबलाईं १–० ले पछि पार्दै पीपलडाँडा विजयी बनेको हो ।
खेलमा प्रदीप बुढाथोकीले निर्णायक गोल गरे । उनै बुढाथोकी खेलको म्यान अफ दी म्याच चुनिए ।
आजै भएको खेलमा मेलचौर र जल्किने विजयी भएका छन् । आज भएको पहिलो खेलमा मेलचौर युवा जागरण समाजले रानीटार युवा क्लबलाई हरायो । प्रतियोगितामा समाजले दुई गोलको अग्रतासहित विजयी भएको हो ।
त्यस्तै जल्किने युथ क्लबले जुगल बोर्डिङ हाईस्कूललाई ४–० ले हरायो ।
चौंथो खेल सुनौलो विहानी अभियान र चौतारा साँगाचोकगढी नगरपालिका–१३ बीच हुनेछ ।


मेलचौर युवा जागरण समाजको आयोजनामा भएको सेभेन ए साइड फुटवल प्रतियोगितामा प्रथम हुनेले ६० हजार नगद पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार र २० हजार नगद प्रदान गरिनेछ । विजयीहरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रद्यान गरिने आयोजकले जनाएको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!