शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठखेलकुदमालिकादेवी कप : मेलचौर र जल्केनी विजयी, आज थप दुई खेल हुँदै

मालिकादेवी कप : मेलचौर र जल्केनी विजयी, आज थप दुई खेल हुँदै


मेलचौर । चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरमा जारी प्रथम मालिकादेवी कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मेलचौर र जल्किने विजयी भएका छन् । आज भएको पहिलो खेलमा मेलचौर युवा जागरण समाजले रानीटार युवा क्लबलाई हरायो । प्रतियोगितामा समाजले दुई गोलको अग्रतासहित विजयी भएको हो । समाजका खेलाडी आदर्श दंगाल र अभिषेक दंगालले एक एक गोल गरेका थिए भने रानीटार युवा क्लबले कुनै पनि गोल हुन सकेन ।
त्यस्तै जल्किने युथ क्लबले जुगल बोर्डिङ हाईस्कूललाई ४–० ले हरायो । खेलमा जल्किनेका सिर्जन बोगटीले ह्याटिक गरे । जल्किनेका लागि चौथो गोल क्लवका असिम राइले गरेका थिए ।
आज चौतारा साँगाचोकगढी–६ नम्बर वडा र इर्खु स्पोर्टस्क्लब बीच तेस्रो खेल हुँदैछ । त्यस्तै चौंथो खेल सुनौलो विहानी अभियान र चौतारा साँगाचोकगढी नगरपालिका–१३ बीच हुनेछ ।
मेलचौर युवा जागरण समाजको आयोजनामा भएको सेभेन ए साइड फुटवल प्रतियोगितामा प्रथम हुनेले ६० हजार नगद पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार र २० हजार नगद प्रदान गरिनेछ । विजयीहरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रद्यान गरिने आयोजकले जनाएको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!