शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठखेलकुदकुविण्डेमा भलिवल प्रतियोगिता हुने

कुविण्डेमा भलिवल प्रतियोगिता हुने


चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित कुविण्डेमा भलिवल प्रतियोगिता हुने भएको छ । विजया दशमी तथादिपावलीको अवसरमा नगरपालिकाभित्रका वडास्तरीय प्रतियोगिता हुन लागेको हो ।
देउराली टोल विकास समिति र नगरपालिका वडा नं. ४ को कार्यालयको आयोजनामा हुन लागेको प्रतियोगिता असोज २३ बाट सुरु हुने छ । प्रथम कुविण्डे वडा कप २०७८ नामअ दिइएको सो प्रगियोगितामा असोज २१ सम्म आफ्नो टीम दर्ता गरिसक्नुपर्नेछ ।
विजेतालाई पचास हजार र उपविजेतालाई ३० हजार रुपैयाँ नगद प्रदान गरिने प्रतियोगितालाई जनहित ग्रामीण सेवा समिति, चौतारा साँगाचोकगढी नगरपालिकाले सहयोग गरेको छ ।


क्याटेगोरी : खेलकुद, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!