शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठखेलकुददोस्रो पाँचपोखरी कप फुटबल प्रतियोगिता हुँदै

दोस्रो पाँचपोखरी कप फुटबल प्रतियोगिता हुँदै


मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकामा फुटबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको वडा नं. ३ मा रहेको यार्सा खेल मैदानमा कात्तिक ७ गते बाट दोश्रो पाँचपोखरी कप फुटबल प्रतियोगिता २०७८ हुने भएको हो ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, पर्यटनका लागि खेलकुद,पाँचपोखरीका लागि खेलकुद’ भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगिता १० दिनसम्म चल्नेछ ।
पाँचपोखरी भोताङ युवा फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा विजयी हुने टीमले पुरस्कार नगद रु. १ लाख १०हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दाश्रो हुने टिमले नगद रु. ५५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष गोविन्द तामाङले जानकारी दिए ।
दर्ता शुल्क रु. १० हजार लाग्ने र दर्ता गर्ने अन्तिम मिति कात्तिक ४ गतेसम्म तोकिएको पनि अध्यक्ष तामाङले बताए । प्रतियोगितामा सहभागि हुनका लागि खेलाडीहरुले नागरिकताकको प्रतिलिपि सहित पासपोर्ट साईजको एक प्रति फोटो अनिवार्य गरिएको छ । साथै नागरिकता नभएकाको हकमा भने जन्मदर्ताको प्रतिलिपि अनिवार्य गरिएको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!