आईतबार, असोज ३१, २०७८
गृहपृष्ठखेलकुदजिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता हुने

जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता हुने


मेलम्ची । सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ थाङ्पालकोटको आयोजनामा विजया दशमी तथा शुभ दिपावलीको शुभकामना सहित प्रतियोगिता हुन लागेको हो ।
असोज २३ गते देखि २५ गतेसम्म रैथाने र वडा नं. ४ को कार्यलयको खेल मैदानमा प्रतियोगिता हुनेछ । “स्वास्थ्यका लागि खेलकुद, पर्यटनका लागि खेलकुद” भन्ने मूल नाराका साथ खेल सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा प्रथम हुनेले पुरस्कार नगद रु ३० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दाश्रो र तेश्रो हुनेले क्रमशः नगद रु. २० हजार र १० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । बेष्ट अफ थ्रि नकआउटको आधारमा खेलाईने खेलमा ए र बी पोल छुट्याएर नेपाल ब्याटमिन्टन संघको नियम अनुसार खेलाईने वडाध्यक्ष राम बहादुर तामाङले बताए ।
प्रतियोगितामा सहभागि हुन ईच्छुकहरुले असोज २० गते साँझ ५ बजेसम्म अवेदन दर्ता गरिसक्नुपर्ने छ भने आवेदन शुल्क रु.२५ सय लाग्ने छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समिति र ब्यटमिन्टन संघसँगको सहकार्यमा ब्याटमिन्टन खेलको विकास र ब्याटमिन्टन खेलाडि उत्पादनमा सहयोग पु¥याउने उदेश्यले प्रतियोगिता गर्न लागिएको खेलका संयोजक बाबुलाल तामाङले जानकारी दिए ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!