आईतबार, असोज ३१, २०७८
गृहपृष्ठखेलकुदइंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडको पुनरागमन जीत

इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडको पुनरागमन जीत


एजेन्सी । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको गोलसँगै इंग्लिस प्रिमियर लिग (इपीएल) मा म्यानचेष्टर युनाईटेडले पुनरागमन जीत निकालेको छ । आइतबार राति भएको खेलमा भ्रमणकारी टोली म्यानचेष्टरले वेष्ट हाम युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

लण्डन स्टेडियममा १–० गोल अन्तरले पछि परेको स्थितिमा म्यानचेष्टर युनाईटेड खेलमा पुनरागमन गरेको हो । खेलको ३० मिनेटमा साइड बेन्राहमाको गोलमा घरेलु टोली वेष्ट हामले खेलमा अग्रता बनाएको थियो। त्यसको ५ मिनेटमै रोनाल्डोले बराबरी गोल गरे ।

खेल सकिन १ मिनेट बाकी रहँदा जेसे लिंगार्डले गोल गर्दै म्यानचेष्टरलाई महत्वपूर्ण तीन अंक दिलाए। लिंगार्डले माटिकको पास सदुपयोग गरेका थिए । खेलमा थपिएको ५ मिनेटमा म्यानचेष्टरका गोलरक्षक डेभिड डे गेआले पेनाल्टी रोक्दै टोलीलाई अंक बाढ्नबाट जोगाएका थिए ।

जितसँगै म्याचनेष्टर युनाईटेड प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा ४ जित र १ बराबर गरेको युनाईटेड शीर्षस्थानको लिभरपुलसँग समान १३ अंक भए पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो । यता, पराजित वेष्ट हाम भने ५ खेलबाट २ जीत, २ बराबर र १ हारसहित ८ अंक बनाउँदै आठौं स्थानमा रहेको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!