शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठखेलकुदमैत्रीपूर्ण फुटबलको उपाधी वडा कर्मचारी टिमलाई

मैत्रीपूर्ण फुटबलको उपाधी वडा कर्मचारी टिमलाई


सिन्धुपाल्चोक । संविधान दिवसको अवसरमा खेलकुद विकास समितिले आयोजना गरेको जनप्रतिनिधि र कर्मचारीहरुबीचको मैत्रीपूर्ण फुटबलको उपाधी वडा कर्मचारी टिमले जितेको छ ।

संविधान दिवसका अवसरमा पाँचपोखरी थाङपाल गाँउपालिकाका सम्पन्न प्रतियोगितामा वडा कर्मचारी टिमले तिन खेलमा सहज जित निकाल्दै उपाधी जितेको हो । ९ अंक सहित विजयी वडा कर्मचारी टिमले प्रथम पुरस्कार जित्दा पालिका जनप्रतिनीधीको टोली दुई खेलमा विजयी भएको छ ।

पालिका कर्मचारी टिम एक खेलमा विजयी भई ३ अंक सहित तेस्रो भएको गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टासी शेर्पाले जानकारी दिएका छन् । आईतवार संविधान दिवसका दिन भएको समापन खेलमा जनप्रतिनीधी टिमले वडा कर्मचारी टिमलाई ४–० गोलले पराजित गर्दा पाँचपोखरी थाङपाल गाँउपालिकाका अध्यक्ष टासी लामाले २ गोल गरे ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!