शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठखेलकुदमालिकादेवी फुटवल कप हुँदै

मालिकादेवी फुटवल कप हुँदै


मेलचौर । चौतारा साँगाचोकगढी नगरपालिका–७स्थित मेलचौरमा मालिकादेवी फुटवल कप प्रतियोगिता हुने भएको छ । विजया दशमी तथा दिपावलीको अवसरमा प्रतियोगिता हुन लागेको हो ।

मेलचौर युवा जागरण समाजको आयोजनामा मेलचौरको दरबारडाँडामा सेभेन ए साइड फुटबल प्रतियोगिता हुनेछ । आउँदो असोज २० गतेदेखि प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।

चौतारा नगरपालिका स्तरीय सो प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनले क्रमशः ४० र २० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता असोज २५ गते सम्पन्न हुनेछ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!