शुक्रबार, असोज १, २०७८
गृहपृष्ठखेलकुदरामेछापमा उपराष्ट्रपति कप फुटबल प्रतियोगिता हुने

रामेछापमा उपराष्ट्रपति कप फुटबल प्रतियोगिता हुने


रामेछाप ।
रामेछापमा गुराँसेदेवी युवा क्लबको आयोजनामा प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता हुने भएको छ । रामेछापको दोरम्बास्थित सैलुङ गाउँपालिकामा उक्त प्रतियोगिता हन लागेको हो ।

प्रतियोगितामा बढीमा ३२ टिमलाई मात्र सहभागी गराइने छ । आयोजक क्लबका अध्यक्ष मदन थापा मगरले प्रतियोगिता खुला भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समावेश गराइ कुनैपनि टिमले सहभागिता जनाउन पाउने बताए ।

शीर्ष चार स्थानमा रहने टिमले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई २० हजार नगदबाट पुरस्कृत गरिने छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकर तथा सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद पुरस्कार दिइने छ ।
प्रतियोगिता असोज ३१ देखि कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ ।


क्याटेगोरी : खेलकुद, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!