शुक्रबार, असोज १, २०७८
गृहपृष्ठखेलकुदसि डिभिजन लिग छनोट खेल्ने अन्तिम तयारीमा चौतारा

सि डिभिजन लिग छनोट खेल्ने अन्तिम तयारीमा चौतारा


चौतारा । चौतारा स्पोर्टिङ क्लब अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित सि डिभिजन छनोट खेलको अन्तिम तयारीमा जुटेको छ । भदौ १० बाट जारी सि डिभिजन छनोट खेलको आन्तरिक तयारीमा जुटेको क्लबले असोज ४ र ८ गते खेल्दैछ
चौतारा स्पोर्टिङ क्लवले सिन्धुपाल्चोक जिल्लाकै खेलकुद इतिहासमा सिन्धुपाल्चोक जिल्लाबाट प्रथमपटक शहिद स्मारक सि डिभिजन लिग फुटबल छनौट प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
क्लबले लामोसाँघुमा क्लोज क्यापसमेत गरिसकेको छ । क्लबका अनुसार असोज ४ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल्दैछ । क्लवका टिम व्यवस्थापक तथा सचिव राकेश रानाका अनुसार ७८ वटा टिम सहभागी प्रतियोगितामा चौतारा स्पोर्टिङ क्लवआफ्नो पहिलो खेल मकवानपुरको राप्ती रिभर युथक्लव सँग असोज ४ गते बिहान ९ बजे खेल्ने छ भने दोश्रो खेल असोज ८ गते बिहान ९ बजे बाजुराको रानीबन स्पोर्टस क्लवसँग खेल्नेछ । क्लब ग्रुप एक्समा परेको उनले जानकारी दिए ।
राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा सहभागिता जनाई जिल्लाको खेलकुद गतिविधिलाई कृयाशिल गराई यूवा खेलाडीहरुलाई थप उत्साह प्रदान गरी नयाँ नयाँ खेलाडीहरु उत्पादनमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रतियोगितामा सहभागी हुन लागेको क्लबका अध्यक्ष सविन श्रेष्ठले बताए ।
क्लवका कोच विनय थापाकाअनुसार खेलाडीहरुले कडा मिहेनत साथ अभ्यास गरिरहेको र क्लवको उद्देश्य प्रतियोगितामा सहभागिता जनाउने मात्र नभई राम्रो नतिजा निकाल्ने रहेको छ । सोही उद्देश्य अनुसारको रणनीति सहित आफूले खेलाडीहरुलाई अभ्यास गराईरहेको उनले बताए ।
लिग कमन कआउट अनुसार संचालन गरिने प्रतियोगितामा प्रत्येक समूहबाट समूहबिजेता दोश्रो चरण (नकआउट चरण) मा प्रवेश गर्नेछन् । नकआउट चरणमा प्रवेश गर्ने २६ टिमहरुलाई ३ समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहबाट प्रथम हुने ३ टिम सि डिभिजनमा उक्लने छन् ।
क्लबले जिल्ला भित्र तथा जिल्लाबाहिर आयोजित विभिन्न फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । चौतारा स्पोर्टिङ क्लव सिन्धुपाल्चोक जिल्ला लिग २०७४ को उपाधि उचालिसकेको छ ।
सिन्धुपाल्चोक जिल्लाको खेलकुद क्षेत्रको विकासको लागिचौतारा स्पोर्टिङ क्लवको यस अभियानमाहातेमालो गर्दै सहयोग गर्नु हुने सबैजनाप्रतिक्लवले हार्दिक आभार व्यक्तगर्दै आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्न चौतारा स्पोर्टिङ क्लवले अपिलसमेत गरको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!