शुक्रबार, असोज १, २०७८
गृहपृष्ठखेलकुदयुथ स्पोर्टस क्लबमा प्रधान

युथ स्पोर्टस क्लबमा प्रधान


लामोसाँघु । जिल्लाकै पुरानो तथा चर्चित युथ स्पोर्ट्स क्लबको नेतृत्वमा उमेश प्रधान आएका छन् । दसकौंदेखि खेलकुद गतिविधिमा सक्रिय रहेको युथ स्पोर्टसको मंगलबार भएको भेलाले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
क्लबको उपाध्यक्षमा बिनोद श्रेष्ठ, सचिवमा जीवन श्रेष्ठ रहेका छन् । त्यस्तै सहसचिवमा प्रेम लामा, कोषाध्याक्षमा बिष्णु शाक्य चउन भएको क्लबले जनाएको छ ।
क्लबको सदस्यहरुमा नोर्ब लामा, मित्र लामा, रुबि महर्जन, तेजबहादुर शाक्य, रुपा महर्जन, पुजन पाण्डे, समुन्द्र लामा, सनिल काप्ले, दिनेश श्रेष्ठ, श्री प्रधान सर्वसहमत भएका छन् ।
अध्यक्ष प्रधान जिल्ला पौडी संघका अध्यक्ष हुन् ।र पौडीका राष्ट्रिय खेलाडी समेत रहेका प्रधान लोकतान्त्रिक खेलकुद संघका वाग्मती प्रदेश सदस्य हुन् । उनी सिन्ध्ुपाल्चोक उद्योग बाणिज्य संघका कोषाध्यक्षसमेत हुन् ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!