शुक्रबार, असोज १, २०७८
गृहपृष्ठखेलकुदजनप्रतिनिधि र कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल हुने

जनप्रतिनिधि र कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल हुने


मेलम्ची । संविधान दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा आउँदो असोज २ र ३ गते प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
जिल्ला खेलकुद विकास समितिद्वारा नाईन ए साईड अनुसार खेलाईने छ । जनप्रतिनिधि, कर्मचारी र वडाका कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्न लागेको पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा पाँचपोखरी थाङपाल गाउँपालिका मातहतका जनप्रतिनिधि, कर्मचारी र वडाका कर्मचारीहरुमात्रै सामेल हुन पाउने छन् ।
जनप्रतिनिधिको हकमा गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष र कर्मचारीहरुको हकमा प्रमुख प्रशासकीय अधिकृत र वडा कार्यलयका कर्मचारीहरुको हकमा वडा सचिवको सिफारिस अनिवार्य गरिएको सूचनामा उल्लेख छ ।
भदौ २५ गते भित्र टिम दर्ता गरिसक्नु पर्ने र दर्ता शुल्क २१ सय १ रुपैँया लाग्ने छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!