बुधबार, असोज ६, २०७८
गृहपृष्ठखेलकुदक्रिक्रेटर सन्दिप लामिछाने दिए लिदी पहिरो पीडितलाई निर्माण सामग्री

क्रिक्रेटर सन्दिप लामिछाने दिए लिदी पहिरो पीडितलाई निर्माण सामग्री


चौतारा । क्रिकेटर सन्दिप लामिछानेले लिदी पहिरो पीडितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका छन् ।

चौतारामा आएर आज जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई लामिछानेले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

लामिछानेले जुगल गाउँपालिकाको लिदी पहिरोबाट विस्थापितहरुको लागि घर बनाउनकालागि जस्ता, फलामे ट्रसपोललगायत निर्माण सामग्री दिएका छन् ।

लामिछानेको टोलीले मेलम्ची पहिरोबाट पीडित भएका हेलम्बुमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!