Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठखेलकुदएपिएफले चुम्यो भोटेकोशी अध्यक्ष कप राष्ट्रिय महिला भलिवलको उपाधि

एपिएफले चुम्यो भोटेकोशी अध्यक्ष कप राष्ट्रिय महिला भलिवलको उपाधि


तातोपानी ।

बुधबारबाट सुरु भएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि एपिएफ क्लबले उचालेको छ । शनिबार भएको फाइनल खेलमा हाङगाञ्जी न्यू डाईमण्ड स्पोर्टस् क्लब हराउँदै एपिएफले उपाधि चुमेको हो ।

एपिएफले हाङगाञ्जी न्यू डाईमण्ड स्पोर्टस् क्लबलाई २५–१६, २५–२२ र २५–१४ को सोझो सेटमा पराजित गर्यो । विजेता एफिएफले ट्रफीसहित नगद तीन लाख रुपैयाँ पायो । उपविजेतामा सिमित रहेको न्यू डाइमण्डले ट्रफी र नगद दुई लाख रुपैयाँमा चित्त  बुझायो । त्यस्तै प्रतियोगितामा तेस्रो भएको त्रिभुवन आर्मी क्लबले ट्रफी र नगद एक लाख र चौथो स्थान हासिल गरेको नेपाल पुलिस क्लबले ट्रफी नगद पचास हजार रुपैयाँ पायो ।

सेमिफाइनल खेलमा न्यू डाइमण्डले नेपाल पुलिस क्लब र एपिएफले त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि होडमा पुगेका हुन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी एपिएफकी सरस्वती चौधरी घोषित भइन् । उनलाई ट्रफी र नगद बीस हजार रुपैयाँ प्रदान गरियो ।  उत्कृष्ट स्पाइकर आर्मीकी शान्ति थारु, उत्कृृष्ट सर्भर न्यू डाइमण्डकी प्रतिभा माली, उत्कृष्ट ब्लकर आर्मीकी सुनिता खड्का, उत्कृष्ट सेटर एपिएफकी विनिता बुढाथोकी, उत्कृष्ट डिफेन्स न्यू डाइमण्डकी सलिना श्रेष्ठ भए । उनीहरुले ट्रफीसहित नगद सात÷सात हजार प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक एपिएफका महेश चौधरी घोषित भए ।

भोटेकोशी गाउँपालिकाको आयोजनामा गरिएको प्रतियोगितामा पाँच टिम सहभागी थिए । आर्मी, न्यू डाइमण्डसहित एपीएफ, नेपाल पुलिस क्लब र ढोरपाटन क्लबले सहभागिता जनाएका हुन् ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #breakin, #breaking


तपाईको प्रतिक्रिया दिनुहोस