मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठखेलकुदभाेटेकाेशी अध्यक्ष कप, न्यू डाईमण्ड फाईनलमा

भाेटेकाेशी अध्यक्ष कप, न्यू डाईमण्ड फाईनलमा


ताताेपानी । हाङगाञ्जी न्यू डाईमण्ड स्पाेर्टस् क्लब ताताेपानीमा जारी भाेटेकाेशी गाउँपालिका राष्ट्रिय महिला भलिवल अध्यक्ष कपकाे फाईनलमा प्रवेश गरेकाे छ । आज भएकाे पहिलाे सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै न्यू डाईमण्ड उपाधि नजिक पुगेकाे हाे ।
न्यू डाईमण्डले २५-१०, १९-२५, २५-१५ र २५-१९ काे सेटमा पुलिसलाई हरायाे । प्रतियोगिताकाे दाेस्राे सेमिफाइनल खेल एपिएफ र त्रिभुवन अार्मी क्लब बीच हुँदैछ । खेलमा वुमेन अफ दि म्याच प्रतिभा माली घाेषित भइन् । उनले ट्रफी र नगद दुई हजार रूपैयाँ पाईन् ।
शनिबारसम्म चल्ने प्रतियोगितामा पाँच टिम सहभागी थिए । आर्मी, न्यू डाइमण्डसहित एपीएफ, नेपाल पुलिस क्लब र ढोरपाटन क्लबले सहभागिता जनाएका हुन् । प्रतियोगिताको विजेतालाई तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो हुने टिमलाई एक लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र चौथो हुनेलाई पचास हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता सञ्चालन समितिका संयोजक कुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका हरेक खेलको वुमेन अफ दि म्याचलाई ट्रफीसहित नगद दुई हजार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिता भरको बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट डिफेन्स, बेस्ट ब्लकर, बेस्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई नगद सात हजार र ट्रफी प्रदान गरिन्छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद बीस हजार रुपैयाँ पाउनेछन् ।
भोटेकोशी गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ संयाेजन रहेको प्रतियोगिताको मुख्य संयोजन भैरवकुण्ड युवा क्लब रहेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!