Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठखेलकुदईन्द्रावतीकाे अध्यक्ष रनिङ सिल्ड वडा नं ५ लाई

ईन्द्रावतीकाे अध्यक्ष रनिङ सिल्ड वडा नं ५ लाई


नवलपुर । इन्द्रावती गाउँपालिकामा सञ्चालन भएको दोस्रो “गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८” मा वडा नं ५ प्रथम भएको छ । बिहिबार भएको समापन खेलमा वडा नं ३ लाई २-१ गोल अन्तरले पराजित गर्दै वडा नं ५ प्रथम भएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्म छिरिङ शेर्पाले ईन्द्रावति गाउँपालिकाले फुटबललाई प्रबर्धन गर्ने कार्य गरेकामा खुशी व्यक्त गर्दै राष्ट्रिय तहबाट पनि सहयोग गर्ने बताए ।

गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले अनुशासित र दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य रहेकाले पालिकाले खेल प्रशिक्षक राख्ने व्यवस्था मिलाउने बताए ।

उक्त प्रतियोगिताको सोमबार एक भब्य कार्यक्रमकाबिच इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले इन्द्रावती-५ ऐंसेलुखर्कको गाउँपालिकाकै खेलमैदानमा उद्घाटन गरेका थिए ।

`स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुद´ भन्ने मुल नाराका साथ गाउँपालिकाकै आयोजनामा आइतबार बाट शुरूवात भएको उक्त प्रतियोगितामा प्रथम भएवापत वडा नं ५ ले प्रमाणपत्र सहित नगद रु १ लाख पुरस्कार प्राप्त गरेको छ । त्यस्तै दोस्रो हुने वडा नं ३ ले प्रमाणपत्र सहित नगद रु ५० हजार हात पारेको वडा नं ५ का वडा अध्यक्ष दुर्गा बहादुर तामाङ (च्याङ्बा) ले जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार बिहिबार भएको समापन खेलमा वडा नं १० ले तेश्रो स्थान हासिल गरी प्रमाणपत्र सहित रु २५ हजार र वडा नं १२ ले सान्त्वना स्वरुप प्रमाणपत्र सहित रु १५ पुरस्कार हात पारेका छन् ।

उक्त फुटबल प्रतियोगितामा वडा नं ५ कै राजकुमार तामाङ म्यान अफ त म्याच घोषित भएका थिए । कार्यक्रममा लोक गायक बल बहादुर वाईबा, सरोज लामिछाने,सीमा भण्डारी लगायतका कलाकारहरुले सांगितिक मनोरञ्जन प्रस्तुत गरेका थिए


क्याटेगोरी : खेलकुद
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस