शुक्रबार, असोज १, २०७८
गृहपृष्ठखेलकुदभोटेकोशी अध्यक्ष राष्ट्रिय महिला भलिवल कपको सेमिफाइनल समीकरण पूरा

भोटेकोशी अध्यक्ष राष्ट्रिय महिला भलिवल कपको सेमिफाइनल समीकरण पूरा


तातोपानी । हिजो (बुधबार) बाट जारी भोटेकोशी गाउँपालिका अध्यक्ष राष्ट्रिय महिला भलिवल कपको सेमिफाइनल समीकरण पूरा भएको छ । आज भएको लिग चरणको अन्तिम खेलमा होङगाञ्जी न्यू डाइमण्ड स्पोर्टस क्लबले ढोरपाटन स्पोर्टस क्लबलाई हराएसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको हो ।
आज विहान भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले ढोरपाटनलाई सोझो सेटमा जितेको थियो । आर्मीले २५–१०, २५–८ र २५–१२को सेटमा ढोरपाटनर्लाइ पाखा लगाएको हो ।
दोस्रो खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई हरायो । एपिएफले २२–२५, २५–२१, २५–२१ र २५–१५ले खेल जितेको हो । यो खेलबाट समूह चरणको विजेता बन्दै एपिएफ र उपविजेता बन्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
त्यस्तै आज भएको तेस्रो खेलमा ढोरपाटनलाई हराउँदै न्यू डाइमण्डले सेमिफाइनलको यात्रा तय गर्यो । न्यू डाइमण्डले २५–१२, २५–१२ र २५–१२को सोझो सेटमा ढोरपाटनलाई हराउँदै सेमिफाइनको यात्रा तय गरेको हो । प्रतियोगितामा न्यू डाइमण्डसँग पराजय व्यहोरेको त्रिभुवन आर्मीले ढोरपाटनसँगको नजिता जित निकाल्यो । समूहबाट विजेता बन्दै न्यू डाइमण्ड र उपविजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेका हुन् । दुई हारसँगै ढोरपाटन बाहिरिएको छ ।
शनिबारसम्म चल्ने प्रतियोगितामा पाँच टिम सहभागी थिए । आर्मी, न्यू डाइमण्डसहित एपीएफ, नेपाल पुलिस क्लब र ढोरपाटन क्लबले सहभागिता जनाएका हुन् । प्रतियोगिताको विजेतालाई तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो हुने टिमलाई एक लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र चौथो हुनेलाई पचास हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता सञ्चालन समितिका संयोजक कुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका हरेक खेलको वुमेन अफ दि म्याचलाई ट्रफीसहित नगद दुई हजार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिता भरको बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट डिफेन्स, बेस्ट ब्लकर, बेस्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई नगद सात हजार र ट्रफी प्रदान गरिन्छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद बीस हजार रुपैयाँ पाउनेछन् ।
भोटेकोशी गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ रहेको प्रतियोगिताको मुख्य संयोजन भैरवकुण्ड युवा क्लब रहेको छ । सेमिफाइनलको पहिला खेल भोलि विहान ८ बजे र दोस्रो खेल भोलि विहान १० बजे हुने आयोजकले जनाएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!