Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठखेलकुदभोटेकोशी गाउँपालिका अध्यक्ष कप : न्यू डाइमण्डको विजयी सुरुआत

भोटेकोशी गाउँपालिका अध्यक्ष कप : न्यू डाइमण्डको विजयी सुरुआत


तातोपानी ।
भोटेकोशी गाउँपालिकामा सुरु भएको राष्ट्रिय महिला भलिवल अध्यक्ष कपमा होङगाञ्जी न्यू डाइमण्ड स्पोर्टस क्लबले विजयी सुरुआत गरेको छ । आज (बुधबार) तातोपानीमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै न्यू डाइमण्ड विजयी भएको हो ।
न्यू डाइमण्डले आर्मीलाई २५—१४, २५—९ र २५—१४को सेटमा पाखा लगायो । प्रतियोगितामा न्यू डाइमण्डकी झरना श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भइन् । उनलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले ट्रफी र नगद दुई हजार प्रदान गरे ।
शनिबारसम्म चल्ने प्रतियोगितामा पाँच टिम सहभागी छन् । आर्मी, न्यू डाइमण्डसहित एपीएफ, नेपाल पुलिस क्लब र ढोरपाटन क्लबले सहभागिता जनाएका हुन् । प्रतियोगिताको विजेतालाई तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो हुने टिमलाई एक लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र चौथो हुनेलाई पचास हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता सञ्चालन समितिका संयोजक कुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका हरेक खेलको वुमेन अफ दि म्याचलाई ट्रफीसहित नगद दुई हजार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिता भरको बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट डिफेन्स, बेस्ट ब्लकर, बेस्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई नगद सात हजार र ट्रफी प्रदान गरिन्छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद बीस हजार रुपैयाँ पाउनेछन् ।
भोटेकोशी गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ रहेको प्रतियोगिताको मुख्य संयोजन भैरवकुण्ड युवा क्लब रहेको छ । भोटेकोशी गाउँपालिकामा मात्रै नभई सिन्धुपाल्चोकमा खेल क्षेत्रको विकास गराउन राष्ट्रिय प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उनले आगामी दिनमा खेलकुदका कार्यक्रमलाई थप निरन्तरता दिदैं विभिन्न युवा लक्षित कार्यक्रम राखने बताए ।

 


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस