Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठखेलकुदजिल्ला स्तरीय महिला भलिवल: उपाधिका लागि चाैतारा र हेलम्बु भिड्ने

जिल्ला स्तरीय महिला भलिवल: उपाधिका लागि चाैतारा र हेलम्बु भिड्ने


मेलम्ची  । मेलम्चीमा जारी जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा हेलम्बु गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका बीच प्रतिस्पर्धा हुने भएको छ । लिगका खेलहरुमा सम्पूुर्ण खेल जित्दै हेलम्बु ११ अंकका साथ पहिलो स्थानमा त्यस्तै चौतारा १० अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । त्यस्तै मेलम्ची ६ अंक सहित तेस्रो, ईन्द्रावती ३ अंक सहित चौथो र पाँचपोखरी थाङपाल अंक विहिन हुदँै पाँचौ स्थानमा रहेको छ । फाइनल खेल भोली बिहान ८ बजे हुने आयोजक हाम्रो टिम मेलम्चीका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुनेले कप, मेडल र प्रमाणपत्र सहित नगद १ लाख, दास्रो हुनेले कप, मेडल र प्रमाणपत्र सहित नगद सहित ५० हजार र अन्य टिमले २५÷२५ हजार प्राप्त गर्नेछन ।
हिजोबाट सुरु भएको प्रतियोगिता हाम्रो टिम मेलम्चीको आयोजना, रेडियो मेलम्चीको सह—आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा संचालन भईरहेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडिलाई जिल्ला तथा अन्य क्षेत्रमा सहभागी गराइने आयोजकले बताएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस