गृहपृष्ठ ∕ खेलकुद ∕ लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम सिन्धु खबर फागुन २४, २०७७ गते २१:१२ मा प्रकाशित तातोपानी । नेपाली सेनाले आयोजना गरेको लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन कुलुङ्ग प्रथम भएका छन् । गोरख बक्स गण चौताराले सेना दिवसको अवसरमा आयोजना गरेको २१.२५ दौडमा अनिश थापा मगरले दोस्रो स्थान हात पारेका छन् भने रामेछापका बेदबहादुर सुनुवार तेस्रो भएका छन् । दौडमा प्रथम हुनेले १ लाख नगद पुरस्कार पाएका छन् भने दोस्रो हुनेलाई ६० हजार, तेस्रो हुनेलाई ४० हजार, चौथो हुनेलाई २० हजार, पाँचौ हुनेलाई १५ र छैटो १० हजार पुरस्कार पाएका छन् । त्यस्तै सिन्धुपाल्चोक जिल्लाब्यापी रेसमा भने भोटेकोशी गाउँपालिकाका कृष्णबहादुर पौडेल प्रथम भएका छन् । मेलम्चीका श्यामकुमार तामाङ्ग दोस्रो र सहदेव खत्री तेस्रो भएका छन् । महिला तर्फ भोजपुरकी अनिता राई प्रथम र प्यूठानकी भूमी बुढामगर दोस्रो भएकी छिन् । सिन्धुपाल्चोकका प्रतियोगी र महिला प्रतियोगीमध्ये बिजयी हुनेहरुलाई भोटेकोशीका अध्यक्ष राजकुमार पौडेल, चाैतारा साँगाचाेकगढीका मेयर अमानसिंह तामाङ र ईन्द्रावतीका अध्यक्ष वंशलाल तामाङले पुरस्कार बितरण गर्नु भएको थियो । सो अवसरमा अन्तराष्ट्रिय धावक बैकुण्ठ मानन्धर र अल्ट्राधाविका मीरा राईलाईसमेत मायाको चिनो दिइएको थियोे । साथै कार्यक्रममा सहभागि प्रमुख जिल्ला अधिकारी,सेनाका उच्च अधिकारी,प्रहरीका जिल्ला नेतृत्वलाई पनि अध्यक्ष पौडेलले मायाको चिनो प्रदान गरेका थिए । क्याटेगोरी : खेलकुद ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोक भर फैलदैं तेक्वान्दो खेल ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’मा सहभागी हुन चाहानुहुन्छ ? यसरी… सेना दिवसमा ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ हुने कोमलमाया–खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता : चौतारा सेमिफाइनलमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम