Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठखेलकुदसिन्धुपाल्चोक भर फैलदैं तेक्वान्दो खेल

सिन्धुपाल्चोक भर फैलदैं तेक्वान्दो खेल


चाैतारा । २०५४ सालमा फुल्पिङकाेटका प्रेम भण्डारीले सिन्धुपाल्चोकमा भित्र्याएकाे तेक्वान्दाे खेल पछिल्लो समय जिल्लैभर विस्तार हुँदै गएकाे छ । बाह्रबिसे तेक्वान्दो डोजाङ को नाममा सुरू गरिएकाे तेक्वान्दो खेलमा अहिलेसम्म करिब चारहजार भन्दा बढि उत्पादन भईसकेकाे छ ।
जिल्ला तेक्वान्दो संघका अध्यक्ष समेत रहेका भण्डारीले
तेक्वान्दो खेलमा कालाे पेटी (ब्लायक बेल्ट) धारी मात्रै दुई सय बढि भईसकेका छन् । अझै पनि दैनिक बार्हबिसे,मान्द्रा,तातोपानी,कर्थली,पलाती ,धुस्कुन,मानेश्वारा,खाडिचौर,कुबिन्डे,चौतारा,जुगल बोर्डिङ,पिपलडाडा,स्याउले लगायत का ठाउँमा ३०० जतिले तालिम दैनिक लिइरहेकाे उनले जानकारी दिए ।
प्रशिक्षणसँगै ग्रेडिङलाईसमेत तीब्रता दिईएकाे छ । हालै चौतारा साङाचोकगढी न पा १ स्याउले र खाडीचाैरमा ग्रेडिङ गरिएकाे हाे । स्याउलेका डाेजाङ प्रमुख सुशील भुज्लका अनुसार २८ जना तेक्वान्दो खेलाडी हरुको ग्रेडिङ सम्पन्न , गरिएकाे थियाे । वडा अध्यक्ष कान्छालाल श्रेष्ठ को उपस्थिति मा ग्रेडिङ गरिएकाे हाे । कार्यक्रममा अविभावककाे समेत उपस्थिति थियाे । त्यस्तै खाडिचौर तेक्वान्दो डोजाङमा प्रशिक्षणरत २७ जना खेलाडी हरुलाइ समेत ग्रेडिङ गरिएकाे जिल्ला अध्यक्ष भण्डारीले जानकारी दिए । खाडिचााैरमा सिन्धुुपाल्चाेक उद्योग बाणिज्य संघका अध्ययक्ष बेदबहादुर श्रेष्ठले प्रमाणपत्र बितरण गरेका थिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस