मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठखेलकुद‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’मा सहभागी हुन चाहानुहुन्छ ? यसरी गर्नुहोस् नाम दर्ता

‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’मा सहभागी हुन चाहानुहुन्छ ? यसरी गर्नुहोस् नाम दर्ता


चौतारा । ‘सेना दिवस २०७७’ को अवसरमा सिन्धुपाल्चोकमा नेपाली सेनाले गरेको दौड प्रतियोगितामा सहभागी हुन सहभागीहरुले फोन तथा इमेलबाट पनि नाम दर्ता गर्न सक्नेछन् ।

गोरखबक्स गणको आयोजनामा हुन लागेको ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ का लागि चौतारा ब्यारेकमा आफै उपस्थित भएर, फोनबाट र इमेलबाट पनि नाम दर्ता गर्न सकिने मेजर ईश्वर गिरीले जानकारी दिए ।

यही फागुन २४ गते सेना दिवसको दिन ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ हुँदैछ । रेसका लागि देशभरबाट सहभागी हुन पाइनेछ । फोन नम्बर ९८४१८९१०३३ र ९८५१२५५१३३ मा फोन गरेर नाम दर्ता गराउन सक्नुहुनेछ । साथै इमेल ठेगाना मा इमेल गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ ।

२१ किलोमिटर २५० मिटर दुरीको दौडमा प्रथम हुनेले १ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो हुनेलाई ६० हजार, तेस्रो हुनेलाई ४० हजार, चौथो हुनेलाई २० हजार, पाँचौ हुनेलाई १५ र छैटो १० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!