Techie IT
Tuesday, May 11,2021 / मंगलबार, वैशाख २८, २०७८
×
गृहपृष्ठखेलकुदसेना दिवसमा ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ हुने

सेना दिवसमा ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ हुने


चौतारा । सेना दिवसको अवसरमा सिन्धुपाल्चोकमा दौडको आयोजना गरिने भएको छ । सेना दिवस २०७७ को उपलक्ष्यमा गोरखबक्स गणको आयोजनामा लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस आयोजना गरिने भएको हो । सेना दिवस फागुन २४ गते मनाइँदैछ ।

२१ किलोमिटर २५० मिटर दुरीको दौडमा सहभागी हुनेहरु खुल्ला प्रतिस्पर्धाबाट छनौट गरिनेछ । फागुन २४ गते हुने दौडमा सहभागी हुन चाहनेले फागुन २० सम्म नाम दर्ता गराउनु पर्नेछ ।

सिन्धुपाल्चोकको ऐतिहाँसिक र पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रचारप्रसारका लागि दौडको आयोजना गरिएको सेनानी ईश्वर गिरीले जानकारी दिए । ‘यो दौड वर्षैपिच्छे होस भनेर हामीले त्यही अनुसार सहकार्य र समन्वय गरिरहेका छौं’, ‘यसले सिन्धुपाल्चोकको पर्यटकीय ठाउँको प्रचारप्रसार होस भन्ने हाम्रो चाहना हो’, गिरीले भने ।

दुगुनागढीको ऐतिहाँसिक महत्व, लिस्तीकोटको धार्मिक तथा ऐतिहासिक महत्व, पर्यटकीय एंव व्यवसायिक विकास, सैनिक नागरिक सम्बन्ध विस्तारका लागि दौडको आयोजना गरेको गोरखबक्स गणका सेनानी गिरीले जानकारी दिए ।

दौड बसेरीबाट सुरु भएर नयाँपुल, पाङ्गलाङ्ग, भालढुङ्ग, लिस्तीकोट, गुम्बा, सिल्दुम, धारापानी, गोदाम हुँदै दुगुनागढीमा टुंगिने छ । दौडमा प्रथम हुनेले १ लाख नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै दोस्रो हुनेलाई ६० हजार, तेस्रो हुनेलाई ४० हजार, चौथो हुनेलाई २० हजार, पाँचौ हुनेलाई १५ र १० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस