Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठसमाजपेशा संकटमा पर्न लागेको लेखापढी व्यवसायीको गुनासो

पेशा संकटमा पर्न लागेको लेखापढी व्यवसायीको गुनासो


चौतारा । मालपोत तथा नापी कार्यालयलगायत विभिन्न अड्डामा लेखापढी व्यवसाय गर्दै आएका व्यवसायीहरुले आफ्नो पेशा संकटमा परेको गुनासो गरेका छन् । मालपोत कार्यालयमा अनलाइन भुसेवा प्रणाली लागू हुने भएपछि आफ्नो पेशा संकटमा पर्न लागेको उनीहरुले बताएका हुन्।

शनिबार चौतारा साँगाचोकगढी नगरपालिका-७, भदौरे गणेशमा सम्पन्न नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसनको १२ अाै साधारणसभामा लेखापढी व्यवसायीहरुले भुसेवा लागू भएपछि पुराना पुस्ता समस्यामा पर्न लागेको बताएका हुन् । साधारणसभामा बोल्दै एशोसिएसनका पुर्व केन्द्रीय सदस्य एव् पुर्व अध्यक्ष हिराप्रसाद नेपालले नयाँ प्रणालीले पुराना पुस्ताको पेशा संकटमा पार्न लागेको बताएका हुन् । लेखन्दास हुँदै लेखापढी व्यवसायी र अहिले लेखापढी कानुन व्यवसायीको रुपमा स्थापित पेशा संकटमा पर्दा हजारौं जनामो पेशा संकटमा परेको नेपालले बताए ।

साधारणसभा सभामा बोल्दै एशोसिएसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले लेखापढी व्यवसायीको हक र हितको संरक्षणका लागि आफुहरु सदा क्रियाशील रहेको बताए । देशमा जमिन र मालपोत जस्ता अड्डा रहुञ्जेल लेखापढी व्यवसायी रहिरहने भन्दै त्यसलाई भुसेवा प्रणाली मार्फत समयानुकूल परिमार्जन गरिएको दाहालले बताए । कम्प्युटर सम्बन्धि ज्ञान नभएका पुराना पुस्ताको लागि एशोसिएसनले नै अनलाइन भुसेवा केन्द्र स्थापना गरि उहाँहरुको अनुभवबाट नयाँ पुस्ताले नवीन प्रविधिमा काम गर्नुपर्ने दाहालको भनाइ छ । “राणा शासनदेखि नै हरेक सरकार निरंकुश रहदै आएको छ,” केन्द्रीय अध्यक्ष दाहालले भने-” कर्मचारी संयन्त्र पनि भ्रष्टाचारमा डुबेको छ र यो डुबिरहन्छ ।” अध्यक्ष दाहालले यस्तो अवस्थामा पनि संस्थागत संरक्षणका लागि जटिल अवस्थामा पनि केन्द्रीय समिति अहोरात्र व्यवसायीकै हितको लागि लडिरहेको बताए । नेपाल सरकारले कानुन व्यवसायी ऐन मार्फत आफुहरुलाइ पाँचौ तहको कानुन व्यवसायी मानेको र २०५१ को सो ऐन संसोधनको क्रममा त्यसलाइ झनै सशक्त बनाउन लागिएको दाहालले बताए ।

एशोसिएसनका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश अध्यक्ष सुर्यबहादुर थापाले समायनुकुल परिवर्तन हुन नसक्ने व्यवसायी विस्थापित हुनुपर्ने अवस्था आउनु दुखद् भएको बताए । अग्रज व्यवसायीको संरक्षण गर्दै नयाँ पुस्तालाई यो पेशाप्रती आकर्षित गर्नु आजको आवश्यकता रहेको उनले बताए । समितिका केन्द्रीय महासचिव कृष्णप्रसाद दाहालले लेखापढी व्यवसायीले पेशाबाट हात झिक्नुपर्ने अवस्था आएमा आफुहरु चुत लागेर नबस्ने बताए । सरकारको दमनकारी व्यवहार रहिरहेकमा संघर्षको आँधिबेहरी सिर्जना गर्न आफुहरु तयार भएर बसेको भन्दै त्यसको लगि तयार रहन जिल्लाका व्यवसायीहरलाई समेत निर्देशन दिए ।

साधारणसभा बोल्दै समितिका जिल्ला अध्यक्ष दिपककुमार श्रेष्ठले साथिहरुको हकहित रक्षाको लागि आफुहरु सँधै एकजुट हुने बताए । साधारणसभामा केन्द्रीय कोषाध्यक्ष हरिप्रसाद पौडेल, पुर्व जिल्ला सचिव जगतप्रसाद चौलागाईं लगाएतले पेशागत रक्षाका लागि आफ्नो धारणा राखेका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार