आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठसमाजसिन्धुपाल्चोकसहित ३७ जिल्लामा वैशाख २७ मा चुनाव

सिन्धुपाल्चोकसहित ३७ जिल्लामा वैशाख २७ मा चुनाव


चाैतारा । वाग्मती प्रदेशकाे सिन्धुपाल्चोकसहित ३७ जिल्लामा वैशाख २७ मा चुनाव गर्ने मन्त्री परिषदकाे बैठकले टुंगाे लगाएकाे छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाख १७ र २७ गते हुने निर्वाचनमा हुने दुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको हाे ।
बैठकले वैशाख १७ मा प्रदेश नं.२, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा र वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेका थिए।
तर, संसद विघटन विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले टुंगो लगाएको छैन्।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!