Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठसमाजहुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार आचार्यसहित दुई पत्रकारलाई

हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार आचार्यसहित दुई पत्रकारलाई


चौतारा । हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार जिल्लाका दुई पत्रकारले पाउने भएका छन् । हुतराज अर्थचन्द्र जनहितकारी संस्था मेलम्चीले प्रत्येक वर्ष दिँदै आएको यो पुरस्कार जिल्लाका क्रियाशिल दुई पत्रकारले पाउने भएका हुन् ।

शिक्षा क्षेत्रमा कलम चलाउँदै आएको पत्रकार दुर्गा आचार्य र देवराज सुवेदीलााई पुरस्कार दिइने संस्थाका सचिव सुदर्शन पाण्डेले जानकारी दिए । आचार्य इमेज कम्पनीको अनलाईन इमेजखबरकी डेस्क एडिटर हुन् भने सुवेदी रासस र रेडियो मेलम्चीमा काम गर्दै आएका छन् ।

सोमबार संस्थाको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । शैक्षिक क्षेत्रमा काम गर्दै आएको संस्थाले यसअघि जिल्लामा क्रियाशील चार पत्रकारलाई सम्मान गरिसकेको छ । यसअघि सुदर्शन सिग्देल, ऋषिराम पौडेल, धुव्र दंगाल र दिनेश थापाले यो पुरस्कार पाइसकेका छन् । आफ्नो बुबा र सानुबुबाको स्मृतिमा खोलिएको यस संस्थाले २०६८ देखि नै एसएलसी टपरहरुलाई पुरस्कार तथा सम्मान गर्दै आएको पाण्डेले जानकारी दिए ।

एसएलसी एसइई भएपछि र ग्रेडिङ सुरु भएपछि टपरलाई सम्मान गर्ने काम गर्न नसकिएको पाण्डेले बताए । अहिले संस्थाले दृष्टिविहिन, अपागं, दलित र आर्थिक अवस्था न्युन भएकालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

इन्द्रेश्वरी मावि मेलम्चीको वार्षिकोत्सवको अवसरमा पत्रकारलाई पुरस्कार र विद्यार्थीलाई छात्रवृत्ति दिइने अध्यक्ष पाण्डेले बताउनुभयो । इन्द्रेश्वरी माविको २७ औं वार्षिकोत्सव फागुन १ गते हुदैँछ ।

हुतराज अर्थचन्द्र जनहितकारी संस्था २०६८ मा स्थापना भएको हो । यसले जिल्लामा शैक्षिक, सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!