गृहपृष्ठ ∕ समाज ∕ सिन्धुपाल्चोकमा हड्तालको असरः बिरामी बोकेको गाडीलाई प्रहरीको स्कर्टिङ सिन्धुपाल्चोकमा हड्तालको असरः बिरामी बोकेको गाडीलाई प्रहरीको स्कर्टिङ सिन्धु खबर माघ २२, २०७७ गते १९:२६ मा प्रकाशित चौतारा । नेकपा दाहाल नेपाल समूहले आज गरेको हड्तालको प्रभाव सिन्धुपाल्चोकमा पनि परेको छ । चौतारालगायत जिल्लाका प्रमुख बजारहरुमा हड्तालको प्रभाव देखिएको छ । मेलम्ची, बाह्रबिसे, खाडिचौरलगायत स्थानमा सार्वजनिक सवारी साधन निकै कम चलेको छ भने पसल, विद्यालय, बैकलगायत सबै बन्द छन् । बन्द गराउनन नेकपा कार्यकर्ताहरु सदरमुकाम चौतारामा नारा जुलुस गर्दै हिडेका थिए । जिल्लामा हड्तालमा कुनै पनि अप्रिय घटना भने नभएको प्रहरीलृ जनाएको छ । काठमाडौंबाट आएका केही सवारी साधनलाई बन्देउबाट प्रहरीले स्कर्टिङ गरी गन्तव्य स्थानसम्म पुर्याएको थियो । जिल्ला प्रवेश गरेको बिरामी बोकेको गाडीलाई पनि प्रहरीले स्कर्टिङ गरेर गन्तव्य स्थलसम्म पुर्याएको प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । स्याउलेका ढाडको बिरामी भएर काठमाडौं उपचार गराएर फर्केका बिरामीलाई प्रहरीले स्कर्टिङ गरेर घरसम्म पुर्याएको थियो । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम