Techie IT
Tuesday, May 11,2021 / मंगलबार, वैशाख २८, २०७८
×
गृहपृष्ठसमाजसामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ

सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ


चौतारा । जुगल गाउँपालिकाकी एक महिलालाई जबरजस्ती बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । जुगल गाउँपालिका ४ स्थायी घर भई काठमाडौं ढल्कु बस्ने वर्ष २४ का कैलाश नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखा काठमाण्डौको समन्वयमा नेपालीलाई कंलकीबाट आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका महानगरीय अपराध महाशाखा काठमाण्डौको समन्वयमा प्रहरी निरिक्षक राचन्द्र घिमिरेले जानकारी दिए । घटनामा संलग्न एक जना अझै फरार छन् ।

घिमिरेका अनुसार प्रहरीले सामुहिक बलात्कारमा संलग्न जुगल गाँउपालिका ४ का विकास सिलवाल र जुगल ५ ढाडेका रञ्जित श्रेष्ठलाई यसअघि नै नियन्त्रणमा लिएको छ । गत असोज २६ गते जुगल ४ कुचुतीबाट जलविरे आएकी २९ वर्षीय महिला सामुहिक बलात्कारको शिकार भएकी थिइन् । जलविरेबाट घर फर्कदै गरेकी उनलाई मोटरसाइकलमा आएका युवाले घर पुर्याइदिन्छौं भन्दै मोटरसाइकलमा हालेर माञ्जेमा लगेर सामुहिक बलात्कार गरेका थिए । बलात्कार गरेपछि युवाले महिलासँग भएको १० लाख नगर र घडीसमेत लुटेका थिए ।

बलात्कारपछि होसमा आएकी महिला राति नै भागेर आफ्नो गाउँ पुगेर सामुहिक बलात्कारको शिकार भएको बताएकी थिइन् । बच्चाकी आमा समेत रहेकी उनलाई घटना ढाकछोप गर्न नगद प्रलोभनसमेत दिइएको थियो । मानसिक रुपमा अत्यन्तै विक्षिप्त बनेकी ती महिलाले अन्तत न्याय पाएकी छिन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार