गृहपृष्ठ ∕ समाज ∕ लिस्तीमाईमा ३५ लाखमा सतलघर निर्माण लिस्तीमाईमा ३५ लाखमा सतलघर निर्माण सिन्धु खबर माघ ११, २०७७ गते ९:२३ मा प्रकाशित तातोपानी । भोटेकोशी गाउँपालिकामा रहेको लिस्तीमाइ मन्दिरमा सतल घर निर्माण गरिएको छ । पुरातत्व विभागले ३५ लाख लागतमा सतल घरको निर्माण गरेको हो । सतल घरमा भजन, किर्तन गर्ने परम्परा छ । शनिबार गाउँपालिकाका अध्यक्ष राज कुमार पौडेलले सतलघरको उद्घाटन गरेका हुन् । सतलघर निर्माणका लागि लिस्तिमाईमा श्रीमद्भागवत सप्ताह लगाइएको थियो । सो सप्ताहबाट पनि ३१ लाख नगद संकलन भएको थियो । सतलघर उद्घाटन कार्यक्रममा सप्ताहमा दान दिने श्रदालुहरुको नाम अकित शिलालेख सार्वजनिकीकरण गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । साथै कार्यक्रममा लिस्तीमाई मन्दिरमा गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा भएको आयव्यवको खर्चसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष मुके शेर्पालगायत स्थानीय श्रद्धालुहरुको उपस्थिति रहेको थियो । लिस्तीमाई हिन्दुहरुको पवित्र धार्मिक स्थल मानिन्छ । भोटेकोशी गाउँपालिका १ मा रहेको यो मन्दिर जिल्लाकै चर्चित मन्दिर हो । यो मन्दिरमा चाहेको कुरा मागेमा प्राप्त हुने जनविश्वास छ । मन्दिरको संरक्षणका लागि गाउँपालिकाले वरिपरि पर्खाल लगाएर संरक्षण गरेको छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे