Techie IT
Tuesday, August 3,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठसमाजचाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता

चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता


चाैतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले चाेरीका माेटरसाईकल नियन्त्रणमा सक्रियता बढाएकाे छ । जिल्लाका विभिन्न स्थानबाट चाेरीका माेटरसाइकल नियन्त्रण गर्दै प्रहरीले सम्बन्धित धनीलाई जिम्मा दिन समेत थालेकाे हाे ।
पछिल्लाे समय नियन्त्रणमा लिईएका माेटरसाईकलमध्ये चार वटा सम्बन्धित धनीलाई बुझाईसकिएकाे छ । पछिल्लाे ५ महिनामा सिन्धुपाल्चोक प्रहरीले विभिन्न समय र स्थानबाट १० वटा चाेरीकाे माेटरसाईकल नियन्त्रणमा लिएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी राजन अधिकारीले जिल्लाका दुर्गम भेगमा चाेरीका माेटरसाईकलहरू हुने गरेकाे पाईएकाे बताए । उनका अनुसार चाेरी भएपछि नम्बर परिवर्तन गरि माेटरसाईकल चलाईने गरेकाे पाईएकाे हाे ।
काठमाडौंमा चाेरी भएका बाइकहरु भित्रने प्रमुख जिल्लाकाे रुपमा सिन्धुपाल्चोकलाई चिनिदै आएकाे छ । कुनै बाइककाे विलबुक समेत नक्कलीसमेत बनाएकाे पाइएकाे जिल्ला प्रहरी प्रमुख अधिकारीले बताए ।
प्रहरीले १० वटा चाेरीकाे बाइक फेला पार्दा चाेरीमा संलग्न एक जनालाई मात्र पक्राउ गर्न सफल भएकाे छ । बाइक चाेरीमा संलग्न एक जनालाइ प्रहरी कार्यालय बाैद्दमा जिम्मा लगाएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

 


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!