सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठसमाजमहिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह

महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह


सिन्धुपाल्चोक । इलाका प्रहरी बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक देवेन्द्र शाह बाग्मती प्रदेश प्रहरी कार्यालयको ‘महिना सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् । बाग्मती प्रदेश प्रहरी कार्यालयको ‘महिना उत्कृष्ट प्रहरी छनौट कार्यविधी २०७७’ मा उल्लेखित व्यवस्थाअनुरुप पौष महिनाको उत्कृष्ट प्रहरीमा चुनिएका हुन् ।

विभिन्न मितिमा घटना घटाइ फरार रहेका १६ जना अभियुक्तलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल भएका शाहले नक्कली सुन, डलर ठगीजस्ता अपराधिक गतिविधीको ‘स्ट्रिङ अपरेशन’ द्वारा शुन्य सहनशिलतामा ल्याएका छन् ।

अरनिको राजमार्गको मुख्य बजारक्षेत्रमा हुने गुण्डागर्दी,असुरक्षादेखि अपराधिक गतिवधिलाई नियन्त्रण गर्न र अस्तव्यस्त बजारक्षेत्रलाई सुव्यवस्थित बनाउन विशेष प्रहरी अभियानमा संम्लग्न शाह सक्रिय खटिरहेका छन् ।

जिल्ला प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले शाह पौष महिनाको उत्कृष्ट प्रहरी भएपछि सम्पूर्ण सुरक्षाकर्मीको उत्साह थपिएको उल्लेख गरे । शाहसहित उत्कृष्ट कार्य गर्ने १४ प्रहरी कर्मचारीलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको छ । बा“की १३ जना भने आ आफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका हुन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!