गृहपृष्ठ ∕ समाज ∕ मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ Sindhu Khabar माघ ५, २०७७ गते ११:२२ मा प्रकाशित काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २२० सीसीको पल्सर मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी टोलीले गौशाला क्षेत्रबाट जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–९का रुद्रबहादुर श्रेष्ठे र सिन्धुपाल्चोक तौथलीका भुवनराज श्रेष्ठलाई पक्राउ गरेको हो । वास्तविक नम्वर प्लेट परिवर्तन गरी बा ९९ प ४११४ नम्बरको रातो कालो रंगको पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए। प्रहरीले चालू आर्थिक वर्षमै चोरीका मोटरसाइकलसहित ३२ जनालाई पक्राउ गरी मुद्दा चलाएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । यस्तै चोरी भएका १४७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे