Techie IT
Sunday, January 24,2021 / आईतबार, माघ ११, २०७७
×
गृहपृष्ठसमाजप्राधिकरणको अर्काे सूचना: चौतारा, बाह्रविसे र खाडीचौर क्षेत्रमा बत्ती नजाने

प्राधिकरणको अर्काे सूचना: चौतारा, बाह्रविसे र खाडीचौर क्षेत्रमा बत्ती नजाने


चौतारा । शनिबार (आज) सुनकोसी सव स्टेशनबाट सञ्चालित विद्युत सेवा ७ घण्टाका लागि बन्द हुने भनिएपनि प्राधिकरणको अर्काे सूचनाले बत्ती नजाने जनाएको छ । सुनकोसी सव स्टेशनबाट विद्युत आपूर्ति हुने चौतारा, खाडिचौर, लामोसाँघु, बाह्रबिसे, टेकानपुर र पाखरलगायत क्षेत्रमा बिहान १० देखि ५ बजेसम्म विद्युत अवरुद्ध हुने सिन्धुपाल्चोक वितरण केन्द्र लामोसाँघुले यसअघि सूचना जारी गरेको थियो ।
सुनकोसी जलविद्युत केन्द्रले ६ ः११ पावर ट्रान्सफरमरको ११ केभी पावर केबुलमा भ्याकुम सर्किट ब्रेकर जडान र सोही केवलको हेड मार्फत मर्मत सम्भार गर्न जल विद्युत केन्द्रले ६ ः११पावर ट्रान्सफरमर बन्द गर्ने भएको थियो । तर, अचानक सो कार्य नहुने भएकाले बत्ती नजाने प्राधिकरणले जनाएको हो ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस