गृहपृष्ठ ∕ समाज ∕ खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ सिन्धु खबर पुस २१, २०७७ गते १५:१६ मा प्रकाशित चौतारा । त्रिपुरासुन्दरी गाउँपालिकाका मनोज श्रेष्ठलाई खुकुरी प्रहार गर्ने ४ जना पक्राउ परेका छन् । त्रिपुरासुन्दरी ६ कालिका मन्दिर परिसरमा पुस १६ गते श्रेष्ठलाई खुकुरी हान्ने चार जना सोमबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिकाका राजेश भण्डारी, जीवन पौडेल, युवराज बस्नेत र देवेन्द्र भण्डारीलाई प्रहरीले सोमबार बिहान ४ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय बाह्रबिसे बाटै ज्यान मार्ने उद्योगको कसूरमा अनुसन्धान कार्य जारी रहेको छ । श्रेष्ठलाई बाह्रबिसे ४ का नकुल भण्डारीलगायत १०/११ जनाले खुकुरी प्रहार गरी फरार भएका थिए । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लिस्तीमाईमा ३५ लाखमा सतलघर निर्माण सहर बन्दै सिन्धुपाल्चोकका गाउँ, जिल्लाभर २९ एकीकृत नमुना बस्ती मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… युएईमा थुम्पाखरका सुदिपकाे मृत्यु धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८फेरि बन्द हुने भयाे ताताेपानी नाका