Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठसमाजवडा सचिवको निधन पछि जुगलमा सार्वजनिक बिदा

वडा सचिवको निधन पछि जुगलमा सार्वजनिक बिदा


जुगल । जुगल गाउँपालिकाका वडासचिवको मृत्यु भएसँगैं सिंगो गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । वडा नम्बर ४ पाङताङका वडासचिव चन्द्रविक्रम सिलवालको आज असामहिक निधन भएपछि गाउँपालिकाले दुख व्यक्त गर्दै भोलि जुगल गाउँपालिका भर बिदा दिने निर्णय गरेको हो ।

आज एक शोक वक्तव्य जारी गर्दै गाउँपालिकाले एक कर्मठ र मेहनेति व्यक्ति गुमाउँदा गाउँपालिका मर्माहत भएको समेत उल्लेख गरेको छ । शोकको यो घडीमा पुस १९ गते गाउँपालिकाभर सार्वजनिक बिदा दिने गाउँपालिकाले निर्णय गरेको विज्ञप्तिमा लेखिएको छ । वडा सचिव सिलवालको आज बिहान काठमाडौंको ट्रमा सेन्टरमाउपचारका क्रममा निधन भएको थियो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार