Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठसमाजगुफाडाँडामा दोस्रो जलवायु सम्मेलन: १० बुँदे घोषणापत्र जारी

गुफाडाँडामा दोस्रो जलवायु सम्मेलन: १० बुँदे घोषणापत्र जारी


सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु परिवर्तन र असरका विषयमा यस वर्ष पनि गुफाडाँडामा जलवायु दिवस मनाएको छ ।

मेलम्ची नगरपालिका वडा नं. ९ गुफा डाँडामा विगतका वर्षहरू जस्तै यस बर्ष पनि दोस्रो जलवायु दिवस तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको समन्वय समितिले जनाएको छ ।

पर्यटकीयस्थल गुफाडाँडामा सन् २०२० देखि नै जलवायु सम्मेलन हुँदै आएको छ । सम्मेलनमा सिन्धुपाल्चोकका सबै विषयगत कार्यालयका प्रतिनिधिहरू, स्थानीय तहका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायको उपस्थितिमा थियो ।

जुरे पहिरोबाट जनधनको क्षति, भोटेकोशी नदी थुनिएको, ०७२ साल वैशाख १२ को भूकम्पमा सबैभन्दा बढी मानवीय र भौतिक क्षति व्यहोरेको, भोटेकोशी बाढी, लगायत यस बर्षमा लिदी र घुम्थाङ्गमा गएको पहिरोको क्षति र चुनौतिका विषयमा सरोकारवालाहरुले छलफल गरेका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!