Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठसमाजस्वास्थ्यमा समायोजनले स्थायी कर्मचारीको अभाव

स्वास्थ्यमा समायोजनले स्थायी कर्मचारीको अभाव


चौतारा– जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गतका मातहतमा स्थायी कर्मचारीको अभाव हुँदा कार्यसम्पादनमा समस्या देखिएको छ । समायोजनका कारण झण्डै ६० प्रतिशत स्थायी कर्मचारी रिक्त भएकाले समस्या आएको हो ।
कोरोना भाइरस (कोभिड १९ ) संक्रमण फैलिने त्रासमा रोकथामको लागि जिल्लाभरका स्थानीय तह र सम्बन्धित स्वास्थ्य निकाय सुरुवाती चरणमा खुबै कस्सिए । देशमै पहिलो पटक कोभिडका कारण मृत्यु भएकी बाह्रबिसे नगरकी महिलाको घटनापछि कोरोना संक्रमण जताततै फैलिन थालेपछि पछिल्लो समय स्वास्थ्यकर्मी र जनप्रतिनिधि अन्योलग्रस्त देखिए । कारण दुई थियो, जिल्लामा दक्ष स्वास्थ्यकर्मी जनशक्ति पर्याप्त नहुनु र स्वास्थ्यसम्बद्ध संरचना व्यवस्थित नहुनु ।
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका तंथ्याक अधिकृत कृष्णराज तिवारीका अनुसार जिल्लामा कार्यारत दक्ष स्वास्थ्यकर्मीको स्थायी पद झण्डै ५६ दशमलव ८ प्रतिशत रिक्त नै छ । ‘स्थायी डाक्टर एकदुई अस्पतालमा मात्रै छन्, अघिल्लो वर्ष भारी समायोजन भयो, जस कारण अधिकाशं सुगम स्थान खोजेर बाहिरिए, यस्तो संकटको क्षण जनशक्ति कम देखिनुले राम्रो होइन्,’उनले भने । भौगोलिक विकटताका कारण अधिकाशं स्थायी पदका स्वास्थ्यकर्मी जिल्लाबाट बाहिरिएपछि स्थायी पदको स्थानमा करार राखेर प्राया सेवासुविधा प्रवाह गरिरहनुपर्ने बाध्यता रहेको उनले सुनाए ।
२०७६ सालको अन्तिमसम्म ७० प्रतिशत स्वास्थ्यकर्मी कर्मचारी जिल्लामा खटिरहेका थिए । कोभिडअघिको समायोजन र अन्य कारणपछि सेवासुविधा नरोकिएपनि स्वास्थ्यकर्मी गृहक्षेत्र लक्षित भए । जिल्लामा तीन नगर र नौ गाउपालिका क्षेत्रअनुरुप सरकारी दरबन्दी ५ सय २१ हो, जसमा दुईसय २५ मात्रै स्थायी स्वास्थ्यकर्मी कर्मचारी सेवारत छन् । बाँकी एकसय ९७ स्वास्थ्यकर्मी करारको रुपमा खटिरहेका छन् । ‘राज्यले थप सुविधा दिएर दुर्गममा खटाए, स्वास्थ्यकर्मी शायद उत्सुक देखिन्थ्ये, भुगोलको विकटतालाई देखेर त्यो नभएकाले पनि हुनसक्छ,’ उनले भने ।

भुकम्पको पाँच वर्षपछि भौतिक रुपमा केही तंग्रिएर अगाडी बढेको स्वास्थ्य क्षेत्रलाई दक्ष तालिमप्राप्त स्वास्थ्यकर्मीको कमी मुख्य कारक बनेको उनले उदाहरण दिए । नगरदेखि गाउँपालिकास्तरमा संञ्चालित बर्थिङ सेन्टर, आवश्यक औषधी समयमा नपुग्नुजस्ता कुराले चुनौती उत्तिकै थपेको छ । कोरोनापछि जिल्लाभर हालसम्म दुई अस्पताल, ३ प्राथामिक स्वास्थ्य केन्द्र,७५ स्वास्थ्य चौकी, ४५ बर्थिङ सेन्टर र ९ सामुदायिक स्वाथ्य एकाई रहका छन् । कर्मचारी समायोजन ,सेवा थपेर दुर्गममा जान प्रोत्साहित गर्नेजस्ता अन्य रणनीति नअपनाइएका कारणले कोभिड कालमा जनशक्ति एकदमै खराब संख्यामा देखिएको वरिष्ठ जनस्वास्थ्य अधिकृतले जानकारी दिए । ‘कोभिड अवधीमा स्वास्थ्य क्षेत्रमा समयमै आवश्यक औषधी , मेडिकल सामाग्री उपलब्ध गराउनु र दक्ष स्वास्थ्यकर्मीको जनशक्ति खट्नु एकदमै प्रारम्भिक कार्य हो,’उनले भने ।


क्याटेगोरी : समाज, स्वास्थ्य/शिक्षा
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!