Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाजव्यवसायिक बजार तथा ट्राफिक व्यवस्थापनमा प्रहरीले अब कडाइ गर्ने

व्यवसायिक बजार तथा ट्राफिक व्यवस्थापनमा प्रहरीले अब कडाइ गर्ने


चौतारा । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जिल्ला सदरमुकाम चौतारासहित अन्य व्यापारिक बजार र त्यहाँको ट्राफिक व्यवस्थापन सुधारका लागि छलफल कार्यक्रम गरेको छ । जिल्लाका मुख्य बजारमा ट्राफिक व्यवस्थापन सुधार नभएको जनगुनासो बढेसंगै प्रहरीले यस्तो छलफल राखेको हो ।
आज (आइतबार) जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीको संयोजकत्वमा सरोकारवालासँग भएको छलफलले ट्राफिक व्यवस्थापन तथा बजारमा शान्ति सुव्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सडकलाई मिचेर छाप्रे पसल राख्ने, नाला र सडक पेटी अतिक्रमण गर्ने अनि खुला व्यवसायिक सामग्री राखी सञ्चालन गगर्ने र सडकमा आवश्यक भन्दा बढी तीव्र गतिमा सवारी साधन चलाउनेप्रति प्रहरी प्रशासनले निगरानीमा राखी कारवाही गर्ने निर्णय भएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस