सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठसमाजलिदि पहिरो पीडितलाई खाद्यान्न र जाडोको लुगा वितरण

लिदि पहिरो पीडितलाई खाद्यान्न र जाडोको लुगा वितरण


चौतारा । सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ बासखर्क स्थिती लिदि पहिरो पीडितका लागि नेपाल स्याङक्चुरी चर्च परिवारले जाडो महिनालाई लक्षित गर्दै ज्याकेट, टोपी ,ब्यालङकेट र १७० घरपरिवार लाई एक बोराको दरले १७० बोरा चामल वितरण गरेको छ।

सोमबार जुगलको सेलाङ स्थित लिदिबाट स्थानान्तरण भएका पहिरो पिडितलाई उक्त राहत वितरण गरिएको नेपाल स्याङकचुरी चर्चाका संयोजक भिम तामाङ र धुर्व शाही ठकुरीको पहलमा वितरण गरिएको हो।

पहिरोले बस्ने ठाउँ क्षतिग्रस्त भएपछि लिदि पिडितलाई सेलाङ सारिएको थियो। जाडो बढेकोले केही राहत पुगोस् भनेर राहत दिन त्यहा पुगेको संयोजक तामाङले बताए। राहत वितरण वडाध्यक्ष प्रताप लामाको रोहवरमा गरिएको हो।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!