Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजबाढी प्रभावित सिन्धुका ४ स्थानीय तहलाई चीनले दियो राहत सामग्री

बाढी प्रभावित सिन्धुका ४ स्थानीय तहलाई चीनले दियो राहत सामग्री


तातोपानी । चीनले सिन्धुपाल्चोकका बाढी प्रभावितहरुलाई राहत सामग्री सहयोग गरेको छ । चीनले ब्ल्याङकेट, लाइट र टेण्टलगायत सामग्री हस्तान्तरण गरेको हो । शुक्रबार तातोपानी सुख्खा बन्दरगाहमा पुगेर सभामुख अग्नि प्रसाद सापकोटाले बाढी प्रभावित स्थानीय तहका प्रमुखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

चीनले भोटेकोशी, जुगल गाउँपालिका र चौतारा र बाह्रबिसे नगरपालिकाका प्रमुखलाई ती सामग्री हस्तान्तरण गरेको भोटेकाशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

सापकोटाले चीनले दिएको राहत सामग्री मध्ये बाह्रबिसे नगरपालिकालाई ९५ वटा ब्ल्याङकेट, ९५ लाइट र ८० टेण्ट, भोटेकोशी गाउँपालिकालाई ४० ब्ल्याङकेट, ४० लाइट र ५५ टेण्ट, जुगल गाउँपालिकालाई ८० ब्ल्याङकेट, ८० लाइट र ४० टेण्ट र चौतारा नगरपालिकालाई ५५ ब्ल्याङकेट, ५५ लाइट र ३५ टेण्ट हस्तान्तरण गरेका हुन् । यसअघि पनि चीनले सिन्धुपाल्चोक जिल्लालाई विभिन्न खाद्य तथा स्वास्थ्य सामग्री सहयोग गर्दै आएको थियो ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस