आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजसुनकोशी नदी किनारामा पुरुषको शव फेला

सुनकोशी नदी किनारामा पुरुषको शव फेला


चौतारा । सुकुटे नजिक सुनकोशी किनारमा एक व्यक्तिको शव फेला परेको छ । चौतारा साँगाचोक गढि नगरपालिका १० सुकुटे स्थित सुनकोशी नदिको किनारामा पानीमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ३५ वर्ष जति देखिने पुरुषको शव सडि गलि सकेको अवस्थामा फेला परेको हो । शवको पहिचान हुन सकेको छैन् । घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य गरि पोष्टमार्टम गर्न तथा सुरक्षित साथ राख्नका लागि त्रिभुवन शिक्षण अस्पतालमा महाराजगंजमा पठाईएको प्हरीले जनाएको छ ।

लुटपाट भएको सम्पुर्ण सामान बरामद

प्रहरीले लुटपाट भएको सम्पुर्ण सामान बरामद गरेको छ । बाह्रविसे नगरपालिका ६ बसेरी स्थित अरनिको राजमार्गमा काठमाण्डौबाट भोटेकोशी तर्फ २५ बाक्सा बिभिन्न औषधी र कस्मेटिक सामान लिई आउँदै गरेको बा १३ च ९८१७ न को बोलेरो लुटपाटमा परेको थियो ।

शंकर तामाङ समेतका ३ जना मानिसहरुले बोलेरो रोकी चालक कर्मा तामाङ र सुनिल श्रेष्ठलाई झारि सामान सहितको बोलेरो लिई गई दुई घण्टा पश्चात रितै फिर्ता गरेका थिए ।

चालकसुनिल श्रेष्ठले मिति मंसिर २६ गते दिउँसो ईलाका प्रहरी कार्यालय बाह्रविसेमा जाहेरी दरखास्त दिए पछि तत्काल खटिएको प्रहरी अधिकृत सहितको टोलीले मानिस नबस्ने टहरोमा ती सामान भेटेका थिए । लुटपाट घटनामा सम्लग्न रही फरार रहेका शंकर तामाङ समेतका तिन जना मानिसको खोजतलास भैरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!