Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठसमाजबृद्धाश्रममा बर्थ डे सेलिब्रेसन, खाद्यान्न र नगद सहयाेग

बृद्धाश्रममा बर्थ डे सेलिब्रेसन, खाद्यान्न र नगद सहयाेग


चाैतारा । सामाजिक संस्था सुनाैलाे बिहानी अभियानका अध्यक्ष विकास श्रेष्ठले अाफ्नाे ३३ अाै जन्मदिन चाैतारास्थित बृद्धाश्रममा मनाएका छन् । जन्मदिनकाे अवसरमा बृद्धाश्रममा खाद्यान्न र नगद सहयाेग गर्दै अाफ्नाे जन्मदिन मनाएका हुन् ।
बृद्धाश्रममा रहेका बृद्धबृद्धासँगै केक काटेर उनले अाफ्नाे जन्मदिन सेलिब्रेसन गरे ।
सुनाैलाे विहानी अभियानका पदाधिकारी, सदस्यसँगै बृद्धाश्रम पुगेका श्रेष्ठले जन्मदिनकाे अवसरमा बृद्धाश्रमका लागि मासिक २ हजार सहयाेग गर्नेसमेत घाेषणा गरे । उनले बृद्धाश्रमका लागि ७ बाेरा चामल, ३० केजी दाल, ३ बाकस तेल, ६ बाकस बिस्कुट, चिनी, चियापत्ती, अालु, साबुनलगायत वितरण गरे ।
जन्मदिनमा अन्य स्थानमा बसेर खर्चिलाे रूपमा तडकभडक गर्नु भन्दा बृद्धबृद्धालाई सहयाेग उत्तम साेचेर याे कार्य गरिएकाे श्रेष्ठले बताए । उनले बृद्धाश्रमका लागि अावश्यक परे सहयाेग पछि पनि सहयाेग गर्ने प्रतिबद्धता जनाए ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!