Techie IT
Tuesday, March 2,2021 / मंगलबार, फागुन १८, २०७७
×
गृहपृष्ठसमाजसिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ८ सय नाघ्यो

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ८ सय नाघ्यो


चौतारा । सिन्धुपाल्चोकमा कोरोना पोजेटिभको संख्या ८ सय नाघेको छ । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढेसँगै ८ सय नाघेको हो । स्वास्थ्य कार्यालय चौताराका अनुसार जिल्लामा बिहीबार थप १६ जनामा संक्रमण पुष्टि भएसँगैं सिन्धुपाल्चोकमा संक्रमितको संख्या ८ सय २४ पुगेको छ ।

पछिल्लो समय परीक्षणको दर घटेपनि संक्रमितको दर बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जन स्वास्थ्य अधिकृत दुर्गादत चापागाईले जानकारी दिनुभयो । ‘अहिले दैनिक २० देखि २५ जनाको स्वाब संकलन गर्दा ७÷८ जनामा कोरोना संक्रमण देखिएको छ, उनले भने, अत्यन्तै न्यून रुपमा कोरोना परीक्षण गर्दा नि संक्रमणको दर बढी छ ।’ स्वास्थ्य मन्त्रालयले धेरै बिरामी भएर आएकाहरुको मात्रै कोरोना परीक्षण गर्न भनेपछि कोरोना परीक्षणको दर घटेको हो ।

जिल्लामा कन्ट्याक्ट ट्रेसिङसमेत हुन छाडेको छ । जसका कारण पनि कोरोना समुदायस्तरमै फैलिएको सहजै अनुमान गर्न सकिन्छ । कोरोनाका कारण जिल्लाका १५ जनाले ज्यान गुमाइसकेका छन् ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस