गृहपृष्ठ ∕ समाज ∕ नवलपुरमा ६७ ले गरे रक्तदान, अपांग सहायता सामग्री पनि वितरण नवलपुरमा ६७ ले गरे रक्तदान, अपांग सहायता सामग्री पनि वितरण Sindhu Khabar मंसीर १८, २०७७ गते १६:५४ मा प्रकाशित नवलपुर । इन्द्रावती गाउँपालिका नवलपुरमा भएको कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् । अन्तराष्ट्रिय अपांग दिवशको अवसरमा गरिएको रक्तदान कार्यक्रममा अपांगता भएका व्यक्तिहरुलाई सहायता सामग्री पनि वितरण गरिएको थियो । इन्द्रावती गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा ९ जनालाई अपांग सहायता सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । वितरण गर्न बाँकी अपांग सहायता सामग्री इन्द्रावती गाउँपालिकाले जिम्मा लिएको छ । ती सामग्री आवश्यकताअनुसार वितरण गरिने अध्यक्ष तामाङले जानकारी दिए । उनका अनुसार १८ थान वैशाखी, १८ थान सेतो छडी, ३६ थान खाद्यान्न सामग्री, २ बोरा ८ पिस डाइफर बाँकी रहेको थियो । कार्यक्रम सप्रोस नेपाल र राष्टिय अपांग महासंघको सहयोग, इन्द्रँवती गाउँपालिका अपांग सञ्जालको समन्वयमा भएको हो । कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले गरेको थियो । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अँधेरीमा प्रहरीकाे बलजफ्ती पछि झडप, अवरुद्घ सडक खुल्याे बसले ठक्कर दिएर मृत्युु भएपछि अँधेरीमा सडक अवरुद्घ सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु पत्रकार ध्रुव दंगाल सम्मानित धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम