गृहपृष्ठ ∕ समाज ∕ सिन्धुपाल्चोकमा संक्रमितको संख्या ७ सय ९८, जाडोमा संक्रमणको त्रास अझ धेरै सिन्धुपाल्चोकमा संक्रमितको संख्या ७ सय ९८, जाडोमा संक्रमणको त्रास अझ धेरै Sindhu Khabar मंसीर १५, २०७७ गते ११:१४ मा प्रकाशित चौतारा । सिन्धुपाल्चोकका ५ सय ३३ जना कोरोना जितेर घर फर्केका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आईतबार सम्ममा ५ सय ३३ जना कोरोना जितेर घर फर्केका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ५० छन् । संक्रमितहरु धेरै जसो होम आइसोलेसनमा बसेका छन् । पछिल्लो समय सरकारले कोरोनाको लक्षण देखेर गम्भीर बिरामी भए मात्रै अस्पताल आउनु भनेकाले धेरै संक्रमित घरमा नै बसेका छन् । घरमा बसेका संक्रमितहरु सार्वजनिक गाडी चढ्ने, सार्वजनिक स्थानमा जाने र दैनिक काम गरिरहने समेत पाइएकाले पछिल्लो समय संक्रमणको त्रास अझै बढेको छ । चिकित्सकहरुले जाडोमा कोरोना संक्रमण अझै बढ्ने बताए पछि होम आइसोलेसनमा बसेकाहरुप्रति निगरानी गर्नुपर्ने देखिएको छ । सरकारले सामूहिक रुपमा समुदायकै मानिसहरुबाट संक्रमितको निगरानी गर्ने संयन्त्र निर्माण गर्न लागेको पनि छ । सबै ठाउँमा सरकारी संयन्त्र पुग्न नसक्ने कारणले यस्तो गर्न लागेको बताइएको छ । जाडो महिनामा निमोनियाका बिरामी, वृद्धवृद्धामा कोरोना संक्रमणको दर निकै भयानक हुने हुँदा सतर्कता अपनाउन चिकित्सकहरुले बताएका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ९८ पुगेको छ भने १५ जनाको मृत्यु भैसकेको छ । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह पत्रकार महासंघको ‘१३ बुँदे हेलम्बु घोषणापत्र’ जारी, यस्ता छन् निर्णय धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६फेरि बन्द हुने भयाे ताताेपानी नाका ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा