Techie IT
Wednesday, June 23,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठसमाजमोटरसाइकल दुर्घटनामा सिन्धुपाल्चोकका सुदीपको मृत्यु

मोटरसाइकल दुर्घटनामा सिन्धुपाल्चोकका सुदीपको मृत्यु


चौतारा । काठमाडौँको शङ्खमूल नजिक शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

अर्का एक जना घाइते भएका छन् । कोटेश्वरबाट कोरिडोर सडक हुँदै शङ्खमूलतर्फ आउँदै गरेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३­०२­००६ प ८८०० नम्बरको मोटरसाइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका कोटेश्वर निवासी सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ७ का २२ वर्षीय सुदीप तिमिल्सिनाको नागरिक अस्पताल बानेश्वरमा उपचारका क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।

अर्को मोटरसाइकलमा सवार सानु खान घाइते रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको बानेश्वर प्रहरीले जनाएको छ । सिसी क्यामराको श्रव्यदृष्य हेरेपछि मात्रै अन्य घटनाको विवरण खुल्ने प्रहरीले जानकारी दिए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!