Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठसमाजनिर्यात ब्यवसायी सिन्धुपाल्चोकका नरेशलाल उद्योग बाणिज्य संघमा केन्द्रीय सदस्य उम्मेदवार

निर्यात ब्यवसायी सिन्धुपाल्चोकका नरेशलाल उद्योग बाणिज्य संघमा केन्द्रीय सदस्य उम्मेदवार


काठमाडौं ।

नेपाल उद्योग बाणिज्य महासंघको ५४औं अधिबेशन काठमाडौंमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको अधिबेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । जसका लागि बरिष्ठउपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानको उम्मेदवारी परेको छ ।

बरिष्ठउपाध्यक्षनै अध्यक्ष हुने निर्वाचनमा अन्य पदमा पनि निर्वाचन हुने भएको छ ।

केन्द्रीय सदस्यमा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका सल्लाहकार उपसभापति नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

बस्तुगततर्फका उम्मेदवार श्रेष्ठको उम्मेदवारी दर्ता संख्या ८ रहेको छ । निर्यात ब्यवसायमा संलग्न श्रेष्ठ झण्डै तीस बर्षदेखि बिभिन्न ब्यपार ब्यवसाय गर्दै आएका छन् ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!